बेरोजगार युवाका लागि रु ८२ लाख लगानी गरिने
सल्यान, २९ माघ । जिल्ला कृषि विकास कार्यालय सल्यानले बेरोजगार युवालाई कृषि पेसामा लगाउन लगानी गर्ने भएको छ ।
कार्यालयले व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा रु ८२ लाख लगानी गर्ने भएको हो । कार्यालयले बेमौसमी तरकारीखेतीमा रु २४ लाख, मौरीपालनमा रु ३६ लाख, साना सिँचाइमा रु ३० लाख लगानी गर्न लागेको जनाएको छ । यस्तै सहकारीमा आधारित खेतीमा रु तीन लाख, साना सिँचाइ तथा मूल बीउमा रु दुई लाख १० हजार, सहकारी योजना सञ्चालन गर्न रु चार लाख २० हजार, युवा स्वरोजगारमा रु चार लाख ८० हजार विनियोजन गर्ने वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुइँटेलले बताउनुभयो ।
बेमौसमी तरकारीखेतीमा ६० जना युवालाई बढीमा रु ४० हजारका दरले, व्यासायिक च्याउखेतीमा २० जनालाई रु ४० हजार, मौरीपालनमा २० जनालाई रु एक लाख ८० हजार, साना सिँचाइ २० योजनामा बढीमा रु एक लाख ५० हजारका दरले खर्च गर्न सकिने उहाँले बताउनुभयो । सहकारीखेतीमा एकजनालाई रु तीन लाख, साना सिँचाइ तथा मूल बीउ ढुवानीतर्फ रु ३० हजार, योजना सञ्चालनका लागि प्रति सहकारीलाई रु चार लाख २० हजार र युवा स्वरोजगारमा आठजनालाई रु ६० हजारका दरले अनुदान उपलब्ध गराइने छ ।
व्यावसायिक तरकारीखेतीका लागि किसानलाई रु एक हजार ५०० प्लास्टिक घर निर्माण गर्न समेत सहयोग गर्ने वरिष्ठ कृषि विकास अधिकृत लुइँटेलले बताउनुभयो । शारदा खोलाको सीमा क्षेत्र शिवरथदेखि त्रिवेणीसम्मका तरकारीखेती गर्ने जग्गामा प्लास्टिक घर निर्माण गर्न थालिएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया