होमियोपैथिक चिकित्सकको गुनासो
विराटनगर, २९ माघ । होमियोपैथिक चिकित्सामा आबद्ध चिकित्सकले आफूहरुलाई व्यवस्थित गर्न सरकारले चासो नदिएको गुनासो गरेका छन् ।
अल नेपाल होमियोपैथिक एसोसिएसन पूर्वाञ्चल क्षेत्रीय समिति दमकले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चिकित्सकले सो गुनासो गरेका हुन् ।
आयोजक संस्थाका महासचिव चिकित्सक विष्णुप्रसाद मिश्रले आफूहरुले २०४७ सालदेखि होमियोपैथिक काउन्सिल र नीति निर्माणको माग गर्दै आए पनि कुनै पनि सरकारले यस विषयमा चासो नलिएको आरोप लगाउनुभयो ।
उहाँले आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्बन्धित मन्त्रालयमा कागजात पेस गरे पनि सुनुवाइ नभएको बताउनुभयो ।
एसोेसिएसनका पूर्वाञ्चल अध्यक्ष चिकित्सक लेखनाथ न्यौपानेले होमियोपैथिकले सस्तोमा गुणस्तरीय उपचारसेवा दिनसक्ने कुरा प्रमाणित भइसके पनि सरकारले चासो नदिँदा देशभरिका २०० भन्दा बढी चिकित्सक समस्यामा परेको उल्लेख गर्नुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया