ट्याक्टरको ठक्करबाट मृत्यु

इनेप्लिज २०७१ माघ २८ गते १६:२८ मा प्रकाशित

Morang_district_location_mapउर्लाबारी, २८ माघ । मोरङको अमरदहमा आज दिउँसो ट्याक्टरले ठक्करदिँदा एक साइकल यात्री महिलाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षीणतर्फ गइरहेको को१त ८९८४ नम्बरको ट्याक्टरले ठक्करदिँदा साइकलयात्री रङ्गेली–११ की २५ वर्षीया तारादेवी राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो ट्याक्टरले ठक्कर दिएपछि गम्भीर घाइते भएकी राजवंशीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक सञ्जय पासवान सामान्य घाइते भएकोले उनको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया