विवाहबाट फर्केको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते
लम्की (कैलाली), २८ माघ । कैलालीको सुदूरपूर्वी टीकापुरमा विवाहको भोज खाएर फर्किदै गरेका यात्रुहरु चढेको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनामा परी जोशीपुर गाविस–४ झविहीका डेढ वर्षीय बालक चन्द्रदेव चौधरीको मृत्यु भएको हो । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि नेपालगन्ज पठाइएको र अन्य घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब निरीक्षक निरक रावलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–८ बन्दीपुरमा विवाहको भोज खाएर फर्किदै गर्दा मुनुवा गाविस १ र २ का बासिन्दा सवार से१त ६५५० नम्बरको ट्र्याक्टर टीकापुर खक्रौला सडक खण्डअन्र्तगत लम्कीपुल नजिकै दुर्घटनामा परेको थियो ।
ट्र्याक्टरबाट ट्रली छुट्टिँदा दुर्घटना भएको बताइएको छ । घाइतेहरुकोे टाउको, हात, खुट्टा र अनुहारमा चोट लागेको छ ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया