हुम्ला, २८ माघ । सदरमुकाम सिमिकोटदेखि सात कोस टाढा पर्ने ठेहे गाविस–९ देजाम गाउँका भियाल लामा र फागलडप लामा हिम पहिरोमा परी बेपत्ता भएका छन् ।
जडीबुटी सङ्कलन गर्न गएका बेला उनीहरू हिमपहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरूको स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रतिक्रिया