जातीय कुरा उठाएर एमाओवादीले द्वन्द्व गराउन खोजेको आरोप
अछाम, २७ माघ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले तोकिएकै मितिमा एमाओवादीले संविधान बनाउन नदिएको बताउनुभएको छ ।
आज अछामको साँफेबगरमा सञ्चालन भएको चौथो साँफेबगर महोत्सवको उद्घाटन गर्दै उपाध्यक्ष रावलले भन्नुभयो, ‘‘एमाओवादी र मधेसी मोर्चाले सहमतिलाई कार्यान्वयन नगर्दा माघ ८ मा संविधान जारी गर्न सकिएन । अब पनि सहमति भन्दै समय लम्ब्याउँदै जाने अवस्था छैन ।’’
उहाँले पहिलो संविधानसभामा एमालेले आफ्ना सम्पूर्ण अडानहरु छोड्दा पनि एमाओवादीले नमानेकोले संविधान बन्न नसेको र दोस्रो संविधानसभामा पनि एमाओवादी र मधेसी मोर्चाका कारण संविधानका विवादित विषयवस्तुमा सहमति गर्न पनि नमान्ने र प्रक्रियामा पनि जान नदिएकाले नै संविधान आउन नसकेको स्पष्ट गर्नुभयो ।
एमाओवादीले भनेको जातीय राज्यलाई कुनै पनि हालतमा मान्न नसकिने बताउँदै उहाँले जातीय राज्यको कुरा उठाएर देशमा द्वन्द्व गराउन खोजेको आरोप लगाउनुभयो ।
‘‘सहमति र बार्ताका लागि सरकारको तर्फबाट लिखित आह्वान भइसकेको छ, अब पनि सहमतिमा आएन भने देशलाई निकास दिन प्रक्रियाबाट नै संविधान जारी गरिनेछ’’ उहाँले भन्नुभयो ।
स्थानीय उत्पादन, लोक संस्कृति र पर्यटन प्रवद्र्धनका लागि २०६७ सालबाट निरन्तररुपमा साँफेबगर महोत्सव गरिँदै आएको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया