एमाले झापाको सयदिने जागरण अभियान सुरु
झापा, २७ माघ । नेकपा एमाले स्थायी कमिटीका सदस्य शङ्कर पोखरेलले एकीकृत नेकपा(माओवादी)ले आफ्नो दल निर्माण गर्दाको कार्यसूचीलाई चटक्कै बिर्सिएर मधेसकेन्द्रित दलको कार्यसूची बोकेर हिँडिरहेको आरोप लगाउनुभएको छ ।
एमाले झापाले सुरु गरेको शान्ति र संविधानका लागि सयदिने जागरण अभियानको उद्घाटन गर्दै उहाँले सामान्य बहुमतमा रहँदा पहिलो संविधानसभामा एमाओवादी मतदानमा आतुर थियो तर आज सहमतिको रटान गरिरहनु र दुई तिहाइका विरुद्ध सडक रोज्नुले उसले विधि र प्रक्रिया मान्दैन भन्ने प्रस्ट छ भन्नुभयो ।
उहाँले भन्नुभयो–“अन्तरिम संविधानको भावना केलाउँदा पनि संविधान निर्माणको विधि प्रक्रिया नै हो, दुई तिहाइले निर्णय गर्नुपर्छ र संविधानसभाका ६०१ सदस्यको दुई तिहाइको हस्ताक्षर हुनैपर्छ ।”
अहिले नेकपा (एमाले)को मार्गचित्रमा मुलुक हिँडिरहेको जिकिर गर्दै उहाँले सोही मार्गमा सबै राजनीतिक दललाई हिँडाउन आफूहरु प्रयत्नशील रहने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा केन्द्रीय सदस्य हिक्मत कार्की र वैकल्पिक केन्द्रीय सदस्य रवीन कोइरालाले प्रशिक्षण दिनुभएको थियो । संविधानसभाबाट संविधानका अन्तर्वस्तु र कार्यसूची विषयमा पोखरेलले अभिमुखीकरण गर्नुहुनेछ । एमाले झापा जिल्ला कमिटी, सोभन्दा माथिल्ला कमिटीका सदस्य, जिल्लाका जनवर्गीय सङ्गठनका अध्यक्ष, विभागीय समितिका प्रमुख, क्षेत्रीय कमिटी र नगरकमिटीका पदाधिकारी सहभागी रहेको कार्यक्रममा जिल्ला अध्यक्ष चिन्तन पाठकले अभियानको चारसूत्रीय औचित्य प्रस्ट्याउँदै संविधान निर्माणमा एमालेले खेलेको भूमिका, संविधान निर्माणमा बाधक पक्षको भण्डाफोर, पार्टी र जनताबीचको अन्तरसम्बन्धलाई प्रगाढ बनाउने तथा पार्टीको आन्तरिक जीवन र सङ्गठनलाई सुदृढ बनाउने उद्देश्य रहेको बताउनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया