सोमबार, कार्तिक १० २०७७
काठमाडौं २१:१३
वासिङटन डिसी 11:28

चालकको मृत्यु

इनेप्लिज २०७१ माघ २७ गते १६:०४ मा प्रकाशित

01_Adminचरीकोट, २७ माघ । दोलखाको लाँकुरीडाँडा गाविसको बाघखोरस्थित निगालेमा आज दिउँसो ४ बजे कन्टेनर भ्यान पल्टिँदा एक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्लाको जेठल गाविसका ३० वर्षीय भरतकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामाले जानकारी दिनुभयो । बा ३ ख ७९८१ नंको कन्टेनर भ्यान काठ राखी काठमाडौं जाने क्रममा नयाँ धुले माटो र बढी भारका कारण चिप्लिएर करिब सय मि तल झरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । दुर्घटनाबाट कन्टेनरका सहचालक भने भागेर ज्यान बचाएका छन् । घटनाको थप अनुसन्धानका लागि अहिले प्रहरी निरीक्षक लामा आफैं घटनास्थलमा जानुभएको छ ।

प्रतिक्रिया