प्रक्रिया एवम् सहमति प्रयास दुवै छाड्नुहुन्न: राणा
भक्तपुर, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले संविधान निर्माण प्रक्रिया एवम् सहमति प्रयास दुवै छाड्न नहुने बताउनुभएको छ ।
रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुवै प्रक्रिया नछाडी सँगसँगै लैजानुपर्ने बताउँदै भन्नुभयो –“प्रक्रियालाई अगाडि बढाउँदै सहमति प्रयास जारी राख्नुपर्छ, प्रक्रिया छाडेर सहमतिको प्रयास गरे फेरि संविधान निर्माण अड्किन्छ ।”
एमाओवादीलगायत ३० दलीय मोर्चाले आन्दोलनका कार्यक्रम छाडेर वार्ता र सहमतिमा आएर संविधान निर्माणमा जुट्नुपर्ने उहाँको भनाइ थियो । विवादित रहेको पाँच जिल्लाको समस्यालाई तत्काल थाती राखेर भए पनि संविधान निर्माण हुनुपर्ने नेता राणाले आँैल्याउनुभयो ।
अध्यक्ष राणाले सहमतिका लागि प्रधानमन्त्रीले पठाएको पत्रका आधारमा एमाओवादी र मधेसकेन्द्रित दल वार्तामा आउनुपर्ने आग्रह गर्नुभयो । राप्रपाले पहिले नै धर्मनिरपक्षेताका बारेमा सरकार र सभामुखको ध्यानाकर्षण गराइसकेको बताउँदै अध्यक्ष राणाले नेपाल हिन्दू गणतान्त्रिक देश हुनुपर्नेमा जोड दिनुभयो ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया