संविधान निर्माणका लागि सबै दललाई लचिलो हुनु आवश्यक: नेत्री कोइराला
विराटनगर, २७ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले संविधान बनाउनु नै महत्वपूर्ण विषय भएकाले यसका लागि एमाओवादीलगायत सबै दललाई लचिलो हुन आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले मेलमिलाप, सहकार्य र एकताका लागि गिरिजाबाबुले दिनभएको सन्देशप्रति नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रको हितअनुरुप सङ्घीय राज्यको स्थापना हुनुपर्ने उल्लेख गर्दै नेत्री कोइरालाले कुनै पार्टी र व्यक्तिको हितलाई ध्यानमा राखी सङ्घीय राज्य बन्न नसक्ने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि आह्वान गरिसकेकाले एमाओवादीलगायत दललाई वार्ता गरी सहमतिमा संविधान निर्माणमा सहभागी हुन आग्रह गर्दै भन्नुभयो, ‘‘संविधान निर्माणको काम छाडेर आन्दोलन गरेमा जनताले साथ नदिने मात्र होइन, एमाओवादीको अस्तित्व पनि सङ्कटमा पर्न सक्छ ।’’
शान्ति सम्झौतामा एमाओवादीको ठूलो योगदान रहेको चर्चा गर्दै नेत्री कोइरालाले संविधान निर्माणका लागि बहुमत मान्दिन भन्नु गलत सोचाइ भएको उल्लेख गर्नुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया