दुर्घटनामा दुईजनाको मृत्यु

इनेप्लिज २०७१ माघ २७ गते १५:३३ मा प्रकाशित

accident-signसुरुङ्गा (झापा), २७ माघ । झापाका अलग–अलग स्थानमा भएको सवारी दुर्घटनामा परी आज दुईजनाको मृत्यु भएको छ ।

झापाको हल्दिवारीमा आफ्नै पतिले चलाएको ट्र्याक्टरले किचेर हल्दिवारी गाविस–१ निवासी ४० वर्षीया लक्ष्मी काफ्लेको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घरमा रहेको मे१त ५८९ नम्बरको ट्र्याक्टर उनका पति राजन काप्mलेले चलाउन खोज्दा अचानक ट्र्याक्टर अगाडि गुड्दा सामुन्ने रहेकी उनलाई ट्र्याक्टरले किच्दा उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–१ मा गएराति भएको सवारी दुर्घटनामा परी घाइते मेचीनगर नगरपालिका–६ निवासी २८ वर्षीय विकास लिम्बूको आज बिहान मृत्यु भएको छ ।

ना.२ख १५०३ नम्बरको ट्रकमा डब्लुवी ०२ जी १६७० नम्बरको कार ठक्कर खाई दुर्घटना भएको र दुर्घटनामा परी कार चालक लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको ट्रकको पछाडि कार ठोक्किएपछि लिम्बू घाइते भएको र उनको उपचारका क्रममा बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया