रुपन्देहीमा कुखुराको मासुको मूल्य आकासियो, प्रतिकेजी रु ३४० सम्म
लुम्बिनी (रुपन्देही), २७ माघ । रुपन्देहीमा बोइलर कुखुराको मासुको मूल्य आकासिएको छ । जिउँदो कुखुराको अभाव देखाउँदै व्यवसायीले कुखुराको मूल्य पछिल्लो चार/पाँच महिनायताकै उच्च बनाएका छन् ।
एक हप्तासम्म प्रतिकेजी रु २५० देखि रु २८० सम्ममा पाउँदै आएको कुखुराको मासु अहिले भने रु ३२० देखि रु ३४० सम्म पर्ने गरेको छ ।
व्यावसायीहरुले पसलै पिच्छे आ–आफ्नै किसिमले मूल्य निर्धारण गरी बिक्री गर्दैआएका छन् । मासु व्यवसायी सङ्घले मासुको मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरे पनि व्यवसायीले त्यसलाई टेरेका छैनन् ।
रुपन्देही सदरमुकाम भैरहवामा अन्य क्षेत्रको तुलनामा बाइलर कुखुराको मूल्य उच्च रहेको सिद्धार्थनगर–८ भैरहवाका स्थानीयवासी हिमाल थापाले बताउनुभयो ।
प्रायःजसो कुखुराको मासु खाने बताउनु हुने थापाले सम्बन्धित निकायले अनुगमनलाई प्राथमिकता नदिँदा व्यवसायीहरुले मनपरी रुपमा मूल्य निर्धारण गरी बिक्री गर्दै आएको बताउनुभयो ।
विगत लामो समयदेखि मासु व्यवसाय गर्दैआउनु भएका कलाम खानले बजारमा जिउँदो कुखुराको अभाव भएपछि मागअनुसार मासु पु¥याउन नसकी मूल्य बढेको जानकारी दिनुभयो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया