बिहीबार, असार १० २०७८
काठमाडौं २३:१५
वासिङटन डिसी 13:30

कामदार महिलाको मृत्यु

इनेप्लिज २०७१ माघ २७ गते १०:०५ मा प्रकाशित

विराटनगर, २७ माघ । मोरङस्थित एक उद्योगमा काम गरिरहेकी एक महिलाको आज अचानक मेसिनमा देब्रे हात काटिएर मृत्यु भएको छ ।

मोरङको टङ्कीसिनुवारी–६ बस्ने ३५ बर्षीया मुनादेवी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हात्तीमुडा–८ स्थित प्राइम उद्योगमा काम गर्दागर्दै गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लगिएको थियो ।

प्रतिक्रिया