सुस्त श्रवण भएकालाई तीन दिने निर्वाचन प्रशिक्षण

इनेप्लिज २०७१ माघ २७ गते ५:०० मा प्रकाशित

nirbachan-aayog1पथरी, २७ माघ । निर्वाचन आयोगले सुस्त श्रवण भएकाका लागि तीन दिने निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रम आजदेखि मोरङको विराटनगरमा सुरु गरेको छ ।

प्रशिक्षणमा पूर्वाञ्चलका छ जिल्ला इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका २८ जना सुस्त श्रवण भएकाको सहभागिता छ ।

निर्वाचनमा सुस्त श्रवण भएकालाई साङ्केतिक माध्यमबाट निर्वाचनमा मतदान कसरी गर्ने, उम्मेदवारको योग्यता, क्षमताको आधारमा कसरी छनोट गर्नेलगायतका विषयमा जानकारी गराउनु प्रशिक्षणको उद्देश्य रहेको छ ।

प्रशिक्षणको शुभारम्भ गर्दै निर्वाचन आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले लोकतन्त्रमा प्रत्येक मतको महत्व रहेकाले प्रत्येक मतदाताहरूलाई निर्वाचनमा अर्थपूर्ण सहभागी गराउन सुस्त श्रवण भएकालगायत फरक क्षमता भएका मतदाताहरूका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया