हत्या आशङ्कामा देवर र देउरानी पक्राउ
इनेप्लिज
२०७१ माघ २७ गते ४:५५ मा प्रकाशित
वीरगन्ज (पर्सा), २७ माघ । पर्साको सबैठवा गाविस–२ की सुमनदेवीको हत्या आशङ्कामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले जिल्लाको महुवनमा लुकेर बसेका समनदेवीका देवर श्रीलाल राम र देउरानी सोनादेवीलाई पक्राउ गरेको हो ।
महुवनमा लुकेर बसेको अवस्थामा सोमबार उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक निशान्त थापाले जानकारी दिनुभयो ।
यसअघि प्रहरीले सुमन हत्या आशङ्कामा सासूलाई पक्राउ गरिसकेको छ ।
प्रहरीले सुमनदेवीको शव घाँटी रेटेर फालेको अवस्थामा शनिबार राति घर नजिकैको उखु बारीबाट बरामद गरेको थियो । प्रहरीका अनुसार सुमनदेवीको परिवारका सदस्यले मिलेर हत्या गरेका आशङ्का गरिएको छ । हत्याबारे थप अनुसन्धान भइरहेको छ ।
सुमनका पति किशोर भने वैदशिक रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन् ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया