मन्त्रि सावद द्वारा खाद्य प्रबिधिका उत्कृष्ट बिद्यार्थीलाई नेफ्सा पुरस्कार प्रदान
माघ २७ ,काठमाडौँ
यस बर्षको गोबिन्द बल्लभ पन्त नेफ्सा मेमोरिएल पुरस्कार हालै एक बिशेष समारोह बिच काठमाडौँमा माननीय सिचाई मन्त्रि एनपी सावदले वितरण गर्नु भयो | नेपाल अधिराज्य भर अध्यापन हुने बि. टेक. खाद्य प्रविधिका उत्कृष्ट दुई बिद्यार्थीलाई प्रत्येक वर्ष वितरण गरिने उक्त पुरस्कार यस बर्ष त्रिभुवन विश्वविद्यालयका करुणा खरेल र पुर्वान्चल बिश्वबिद्यालयका रामहरी लामिछानेलाई प्रदान गरिएको थियो |
पुरस्कार वितरण कार्यक्रममा मन्त्रि सावदले देशमा खाद्य प्रदार्थमा मिसावट बिकराल समस्याको रुपमा रहेकोले यसको नियन्त्रणका लागि खाद्य बैज्ञानिक तथा प्राबिधिकको गहन भूमिका रहने कुराको चर्चा गर्नु भयो | र , कृषिमा आधारित खाद्य उद्योगको बढी भन्दा बढी स्थापनाले मात्रै देश समृद्धि तर्फ़ जान सक्ने भएकोले यस संग सम्बद्ध संस्था तथा सरकारको ध्यान यस तर्फ पुग्न ढिलो भैसकेको छ उहाले भन्नु भयो |
ट्रस्टका अधक्ष्य तथा गैर आवासीय नेपाली संघ अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाको सभापतित्वमा संचालित कार्यक्रममा पुर्बांचल बिश्वबिध्यालयका पूर्व उपकुलपति प्राध्यापक जगत बहादुर के.शी. ,नेपाल सरकारका सुचना आयोगका कामु सचिब जिबन प्रभा लामा , केन्द्रिय प्रबिधि क्याम्पस ,धरानका प्रमुख प्रोफेसर डा धन बहादुर कार्की , नेपाल खाद्य बैज्ञानिक तथा प्राबिधिक संघका अधक्ष्य तिर्थ अधिकारी ,ट्रस्टका उपाधक्ष्य हरिहर गुरागाईं , नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य राजकुमार भट्टराई ,नेशनल कलेज अफ फूड साइन्सका प्राध्यापक भास्करमणि अधिकारी तथा नेपाल खाद्य प्रबिधि बिद्यार्थी संघ ,हात्तिसार ,धरानका अधक्ष्य दिनेश सुबेदीले मन्तब्य ब्यक्त गर्नु भएको थियो |
३ बर्ष अघि असामयिक निधन भएका पन्तले सन् १९९२ मा धरानको केन्द्रिय प्रबिधि क्याम्पसबाट खाद्य प्रविधिमा स्नातक गर्नु भएको थियो | देश बिदेशमा रहेका उहाका सहकर्मीहरुले उहाको स्मरणमा गुठि स्थापना गरि प्रत्येक बर्ष यो पुरस्कार वितरण गरि रहेका छन् |
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया