मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:४८
वासिङटन डिसी 01:03

NSCII को कार्यक्रममा उपस्थित भै दिनु हुन अनुरोध

इनेप्लिज २०७१ माघ २६ गते ११:२७ मा प्रकाशित
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु ,सर्बप्रथम यस NSCII को आयोजनामा हरेक बर्षको मेमोरियल डे को अबसरमा अमेरिकामा खेलकुद र नेपाली कला तथा सस्कृतिको संरक्षण र सम्बर्धनको लागि बिबिध कार्यक्रमहरु संचालन गर्न लागिएको जानकारी गराउदछौ ।

आगामी मे महिनाको मेमोरियल डे को अवसर पारेर गर्न लागिएको सम्मेलनको तयारीको बारेमा व्यापक छलफल गरि सम्मेलन आयोजक समितिको समेत गठन गर्नुपर्ने भएकोले निम्न मिति समय र स्थानमा एक छलफल कार्यक्रम को आयोजना गरिएको हुदा उक्त कार्यक्रममा उपस्थित भैदिनु हुन सम्पूर्ण महानुभाबहरुमा अनुरोध गरिन्छ।पुनश्च: छलफल कार्यक्रम पछि स-शुल्क ( $ 20:00) रात्री भोज का साथै मनोरन्जनात्मक कार्यक्रम को समेत व्यवस्था रहेको जानकारी गराउदछौ।

उक्त मनोरन्जनात्मक कार्यक्रममा वरिष्ठ पप सम्राट ओम बिक्रम बिस्ट को बिशेष प्रस्तुति रहनेछ।

मिति -फेब्रुअरी,१३ २०१५ ( Friday)
Venue : Minerva Cuisine
Add: 14513 Lee Jackson Highway
Chantilly , VA 20151
Time: 7:00 Pm to 11:00 Pm

समय :- ७ देखि ११ बजे सम्म

सीता पाण्डे
अध्यक्ष
NSCII

प्रतिक्रिया