जलाएर महिलाको हत्या
इनेप्लिज
२०७१ माघ २६ गते ११:११ मा प्रकाशित
लहान, २६ माघ । सिरहाको गोलबजार नगरपालिका–२ चोहर्वामा आज एक नवविवाहिता महिलाको जलाएर हत्या गरिएको छ ।
आफ्नै घरको कोठामा शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि २३ वर्षीया सरिता सहनीको मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिनुभयो । गत मङ्सिरमा विवाह भएकी सहनी आफैँले शरीरमा आगो लगाएर आत्महत्या गरको भन्दै उहाँका पति सीताराम सहनी घरका सबैजनासहित फरार भएका छन् ।
मृतक सहनीकोे शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिने इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । प्रहरी निरीक्षक निरौलाका अनुसार घटनास्थल प्रकृति मुचुल्कासहित शव परीक्षणका लागि पठाइएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइने छ ।
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रतिक्रिया