भारतबाट ठूलो परिमाणमा माछा आयात
इनेप्लिज
२०७१ माघ २६ गते ११:०४ मा प्रकाशित
विराटनगर, २६ माघ । विराटनगर नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा ठूलो परिमाणमा माछालगायतका पशु आयात भएको छ ।
उक्त नाकाबाट माछा सबैभन्दा बढी करिब एक हजार १९४ मेट्रिक टन आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।
त्यसैगरी, १८ दशमलव २३२ मेट्रिक टन सिद्रा माछा, मिनरल मिक्चर १५ दशमलव ८१ मेट्रिक टन र सजाएर राख्ने एक्युरियम माछा १९९ किलो आयात भएको हो । तीन लाख ४० हजारको सङ्ख्यामा माछाका भूरा पनि आयात भएको सो कार्यालयले जनाएको छ ।
सोहीअनुरुप, खसीबोका पनि ठूलो परिमाणमा आयात भएको छ । उक्त नाकाबाट ६ महिनाको अवधिमा खसीबोका ११ हजार १०८ वटा, गाईगोरु चारवटा, भैँंसीसहित पाडापाडी ६५७ वटा र सुगुर, बङ्गुर २५७ वटा, खच्चर नौवटा र बङ्गुरको मासु चार दशमलव ५९ मेट्रिक टन आयात भएको सो कार्यालयले जनाएको छ ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
प्रतिक्रिया