बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं १४:१५
वासिङटन डिसी 04:30

संविधान लेखनमा एमाओवादी जिम्मेवार हुनुपर्छ: नेत्री कोइराला

इनेप्लिज २०७१ माघ २६ गते ९:२७ मा प्रकाशित

Sujata-Koiralaकाठमाडौँ, २६ माघ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियाको एक हिस्सा एमाओवादी भएकाले संविधान लेखनमा एमाओवादी गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले एमाओवादी संविधान निर्माण प्रक्रियामा सहभागी भएर मुलुकलाई शान्ति र संविधानका साथ लोकतान्त्रिक प्रक्रियाबाट निकास दिनुपर्दछ भन्नुभयो ।

उहाँले तत्कालीन समयमा १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौतामा सात दलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेको स्मरण गराउँदै तत्कालीन विद्रोही शक्तिको नेतृत्व माओवादी अध्यक्ष दाहालले गरेकाले माओवादी लोकतान्त्रिक प्रक्रियाबाट भाग्न नमिल्ने बताउनुभयो ।

नेत्री कोइरालाले सहमतिका लागि प्रधानमन्त्रीले थाल्नुभएको सहमतिको प्रयास सराहनीय रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सबै राजनीतिक दलले स्वीकार्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया