अमेरिकामा अर्थविद डा शंकर प्रसाद शर्मा संग अन्तरक्रिया

इनेप्लिज २०७१ माघ २५ गते १९:४८ मा प्रकाशित

nasa

माघ २४ ,डिसी
 
अमेरिकामा अर्थविद तथा अमेरिकाका लागि पूर्व राजदुत डा शंकर प्रसाद शर्मा संग वर्तमान नेपालको राजनैतिक ,आर्थिक ,सामाजिक तथा अन्य बिबिध बिषयमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l
 
अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो l
 
उक्त अन्तरक्रिया कार्यक्रममा डा शर्माले आफु हाल सरकारी पदमा नभएको र आफु स्वतन्त्र रुपमा काम गरि रहेको बताउनु भयो l अमेरिकाबाट नेपाल फर्के पछि परराष्ट्र मन्त्रालयमा आफुले गरेको काम र अनुभव बारेमा चर्चा चलाएको र हालको बजेटको सल्लाहकार समितिमा बसी काम गरेको बताउनु भयो l
 
नेपालमा नदि सुकेको समयमा बिजुली ६० प्रतिसतले पुग्दैन l र ,यो ठुलो समस्या भएको भए चर्चा गर्दै सरकारमा आउने उर्जा मन्त्रिले जहिले पनि भाषणमा ३ बर्ष भित्र बिजुली ल्याउने चर्चा सुन्ने गरेको बताउनु भयो l राजनैतिक अस्थिरता संगै मन्त्रि पनि परिवर्तन हुनाले उर्जा मन्त्रिलाई त्यो बुझ्न नै ६ महिना लाग्ने हुन्छ l बिजुली सम्बन्धि परियोजनालाई निरन्तरता दिन्छु भने मात्र पनि काफी हुन्छ भन्नु भयो l
 
तर पनि ३ बर्षमा बिद्युत आउने छ भनि भाषण गर्न नरोकिएको भन्दै अहिलेको सरकार १ बर्ष बिति सकेको भएता पनि पुन ३ बर्ष भन्न नछोड्ने सबैले सुन्ने गरेको चर्चा उठाउनु भयो l नेपालमा राम्रा काम पनि भएका छन भन्दै यस पालिको बजेट राम्रो छ तर कार्यन्वयन धेरै हुन् नसक्नु दुखत कुरा हो भन्नु भयो l
 
नेपालमा मजदुर कानुन निक्कै जटिल र समस्याग्रस्त छ l ढिला सुस्ती न्यूनीकरणमा सरकार गंभिर छैन l सबै खाले सवालको जवाफमा जुँगाको लडाईले देश विकासमा अबरोध हुन् पुगेको र विश्वसनीय नेतृत्वको खाचोको कारण यो अवस्था श्रीजना भएको बताउनु भयो l
 
विदेशबाट आई सोझै प्रधान मन्त्रि र मन्त्रिलाई भेट्ने र वहाहरुले हुन्छ भन्दैमा त्यो तुरुन्तै हुने हैन भन्दै प्रक्रिया अन्तर्गत जान सके कार्यन्वयन हुने कुरामा आफु बिस्वस्त भएको बताउनु भयो l
 
जल बिधुत , अख्तियार ,गैर कानुन रुपमा दक्षिण अमेरिका प्रवेस गर्ने नेपाली ,मौसम परिवर्तन ,धर्म निरेपक्षता ,आर्थिक वृद्धि दर, लगानीका अवसर तथा चुनौती सम्बन्धि उठेका बिषयमा छलफल भएको थियो l डा शर्माले नेपालमा राजनैतिक दलको भागवण्डाको कारण मुलुकको स्थिति अझ जटिल देखिन पुगेको बताउनु भयो l
 
डा शर्मा अमेरिकाको राजदुत हुदा अमेरिकन कांग्रेस संग राम्रो सम्बन्ध रहेको तर हाल त्यो स्थितिमा शिथिलता आएको जस्तो देखिएको चर्चा भर्जिनियाको लाउडन काउन्टी डेमोक्राटिक डलस जिल्लाका सभापति तथा लेखा परीक्षक हरि शर्माले ध्यानाकर्षण गराउदा डा शकर शर्माले सरकारको ध्यान त्यस तर्फ कम भएकोले त्यस्तो भएको हुन् सक्ने जवाफ दिनु भयो l
 
ट्रान्सप्यारेनटि अन्तर राष्ट्रियले भ्रष्टचार मुलुकमा नेपाललाई अझ तल राख्नुले नेपाल भ्रष्टचार मुक्त छैन प्रस्ट देखाएको चर्चा गर्नु भयो l राजनैतिक झैँ झगडाको कारण नेपालको उन्नतिमा बाधा हुन् पुगेको छ भन्नु भयो l
 
मासिक रुपमा संचालन गरिने अन्तरक्रिया कार्यक्रममा डा शर्मालाई यो पटक समेत गरेर दोश्रो पटक बोलाईएको नासाका जनसम्पर्क समितिका संयोजक डा नर काजि गुरुङले बताए l डा गुरुङले अगाडी भने प्रत्येक महिनामा नेपाली र नेपालको हितको लागि बिशेष योगदान गर्नु हुने व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराए l उक्त दूर संचार माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न राज्यहरुबाट व्यापक सहभागीहरु रहेका थिए l
 
उक्त कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल(बिद्या वारिधि )ले गरेका थिए भने डा शंकर प्रसाद शर्माको योगदानको बारेमा चर्चा गरेका थिए l
 
र ,एनआरएन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोक नाथ तिवारीले एनएनआर अमेरिका बलियो हुदैछ l र ,हाम्रा लगानी कतिको सुरक्षित छ भन्दै डा शर्मालाई सवाल राखेका थिए l एनआरएन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले सहभागी हुने सबैलाई धन्यबाद दिएका थिए l प्राध्यापक नर काजि गुरुङ (बिध्या वारिधि)ले कार्यक्रम संचालन गरेका थिए l

प्रतिक्रिया