बाह्र वर्षपछि पूर्व प्रहरी महानिरीक्षक खरेललाई सफाइ
काठमाडौँ, २५ माघ । भ्रष्टाचारको अभियोग मुद्दा खेप्दै आएका पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले १२ वर्षपछि सर्वोच्च अदालतबाट सफाइ पाउनु भएको छ ।
प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले विषेश अदालतले गरेको फैसला सदर गर्दै उहाँलाई सफाइ दिएको हो ।
पूर्व प्रहरी महानिरीक्षक खरेलले रु एक करोड ६९ लाख गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामा विषेश अदालतले उहाँको आयआर्जनभन्दा रु दुई लाख ६८ हजार कम देखिएकाले भ्रष्टाचार गरेको भन्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।
विषेश अदालतको फैसलापछि अख्तियारले २०५९ असोजमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो भने पूर्व प्रहरी महानिरीक्षक खरेलले पनि बेचेको जमिन, बैंकबाट प्राप्त हुने ब्याज, छोरीको कमाइको हिसाव, कृषिबाट भएको आय र पैत्रिक सम्पतिको जायजेथा आयआर्जनमा समावेश नगरेको भन्दै पुनरावेदन गरेका थिए ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया