प्रहरी नायब उपरीक्षक तामाङविरुद्ध मुद्दा दायर

इनेप्लिज २०७१ माघ २५ गते १४:०५ मा प्रकाशित

Akhtiyar-Durupayogकाठमाडौँ, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक रमेशकुमार तामाङविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी उपरीक्षक तामाङले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भन्दै केही दिन पहिले रु ५० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए ।

आयोगले तामाङलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । तामाङले भने आफूले घुस लिएको नभई सापटी मागेको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया