नेपाल वायुसेवा निगमको नयाँ जहाज आइतबार आउँदै, अन्तर्राष्ट्रिय बजार हिस्सा बढ्ने विश्वास
काठमाडौँ, २४ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज प्राप्त गर्ने भएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।
जहाजको स्वागतका लागि विमानस्थलमा विशेष समारोहको आयोजना गरिने भएको छ । आइतबार बिहान ११ बजे जहाज विमानस्थलमा अवतरण हुनेछ । जहाजको स्वागत पञ्चकन्याले गर्ने र पण्डितले स्वस्ती बाचन गर्ने कार्यक्रम तय गरिएको निगमका महाप्रबन्धक मदन खरेलले जानकारी दिनुभयो ।
यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य, यहाँस्थित फ्रान्सेली राजदुतलगायतले पञ्चेबाजा बजाएर जहाजको स्वागत गर्ने तयारी गरिएको छ । निगम र फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसबीच दुई जहाज खरिद–बिक्री सम्झौता गत वर्ष सम्पन्न भएको थियो ।
निगम व्यवस्थापनले २०७० वैशाख ९ गते दुई जहाज किन्न प्रतिबद्धता रकम (बैना) स्वरुप पाँच लाख अमेरिकी डलर (त्यसबेलाको रु ४ करोड ३५ लाख ) एयरबसलाई पठाएको थियो । त्यसपछि गत जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच रु १० अर्ब बराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो ।
साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई नयाँ जहाज आएपछि नयाँ गन्तव्यमा उडानका लागि सहज हुने भएको छ । नयाँ जहाज अवतरण भएको दुई महिनापछि दोस्रो जहाज पनि आइपुग्ने छ ।
सम्झौताअनुसार एउटा जहाजको अङ्कित मूल्य (क्याटालग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर (रु ७ अर्ब २० करोड) रहेको छ । निगम र एयरबसबीच करिब पाँच वर्र्ष (सन् २००८) अघिको अङ्कित मूल्यमा लागत मूल्य जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो ।
पाँच वर्षअघि एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (रु तीन अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय) मा एउटा जहाज दिने गरी निगमको टेन्डर जितेको थियो । त्यसमा लागत रकम थप गरेर जहाज उपलब्ध गराइएको हो ।
निगमले ल्याउने सो जहाजमा १५० सिट हुन्छन् । निगमले भने यसमा सिट बढाएर १६४ बनाएको छ । निगमलाई जहाज किन्न कर्मचारी सञ्चय कोषले एकमुष्ठ रु १० अर्ब ऋण दिएको थियो । कोषलाई जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए ३२०–२०० सिरिजका जहाज किन्न दिएको ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याजदर तोकेको छ भने चुक्ता अवधि १५ वर्र्ष राखिएको छ ।
हाल निगमको जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुरको उडान गरिरहेको छ । दुबई उडान स्थगन गरेको छ भने भारतको राजधानी नयाँदिल्ली उडान पूर्णरुपमा बन्द छ । नयाँ जहाज आएपछि ती स्थानमा उडान सङ्ख्या बढाउने निगमको योजना रहेको छ ।
जहाज अभावमा झन्डै रु एक खर्बको अन्तर्राष्ट्रिय उड्डयन बजारमा निगमको हिस्सा ३ दशमलव ८ प्रतिशतमा झरिसकेको छ । अब नयाँ जहाज आएपछि निगमको हिस्सा बढ्ने विश्वास लिइएको छ । निगमले हाल सञ्चालनमा ल्याइरहेको जहाज २०४३ र २०४४ सालमा किनेको थियो । त्यसयता निगमले आधादर्जन पटक जहाज ल्याउने प्रयास गरेपनि सफल भएको थिएन ।
केही समय पहिले निगमले चीनमा निर्मित एम ए ६० र वाइ १२ मोडलका दुईवटा जहाज ल्याइसकेको छ । एमए ६० ले सुगम गन्तव्यमा उडान गरिरहेको छ भने वाइ १२ ले पोखरा र अन्य दुर्गम गन्तव्यमा उडान गरिरहेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया