माघ ८ मा संविधान नआउनु दुःखद्: राप्रपा अध्यक्ष राणा
काठमाडौँ, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले माघ ८ मा संविधान नआउनु देश र जनताका लागि दुःखद भएको बताउनुभएको छ ।
राप्रपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको २५५१ औँ सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतामा विवादित रहेका पाँच जिल्लाको विवाद थाती राखेर भएपनि देशलाई निकास दिनुपर्ने बताउनुभयो ।
उहाँले संविधान निर्माणमा प्रक्रिया अघि बढिसकेको भन्दै विपक्षीलाई आन्दोलनमा जानुभन्दा सहमतिमा आउन आग्रह गर्नुभयो ।
पार्टीका महामन्त्री बुद्धिमान तामाङले बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपाल भएकाले अब बन्ने संविधानमा आदिवासी र जनजातिका हक अधिकारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहायक महामन्त्री मोहन पाठक, विन्दु पहाडी, सभासद् पर्शुराम तामाङलगायतले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्नुभएको थियो । रासस
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया