आफ्नै काकीको हत्यारा पक्राउ
इनेप्लिज
२०७१ माघ २४ गते ४:५५ मा प्रकाशित
गौशाला, २४ माघ । आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको ईटहर्वाकट्टी गाविस– ७ बस्ने फूलबाबु ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरजग्गासम्बन्धी घरायसी विवाद हुँदा २०६८ असोज २२ गतेका दिन ठाकुरले आफ्नै काकी जीवछीदेवी ठाकुरलाई घरेलु धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।
काकीको हत्या गरी भारतमा लुकेर बस्दै आएको ठाकुर गएराति घर आएको थाहा पाउनासाथ आज बिहान जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरी ल्याएको हो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया