शिविरमा तीस महिलाको बध्याकरण
इनेप्लिज
२०७१ माघ २४ गते ४:५३ मा प्रकाशित
पर्सा, २४ माघ । पर्साको बगवाना गाविसमा सञ्चालित शिविरमा पहिलो दिन हिजो सन्तानको इच्छा पुगेका ३० महिलाले परिवार नियोजनको स्थायी बध्याकरण गराएका छन् ।
पर्साको मधवनमथवल, बगवान, हरपुर र पचरुखी गाविसका महिलाले स्थायी बध्याकरण गराएका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र मेरिस्टोर वीरगन्जको सहयोगमा सञ्चालन गरिएको दुईदिने बध्याकरण शिविरमा ६२ महिलाले नाम दर्ता गराएकामा पहिलो दिन ३० जनाको बध्याकरण गरिएको आयोजकले जनाएको छ ।
शिविरमा बध्याकरण गराउनेलाई रु १५०, निःशुल्क औषधि र घरबाट ल्याउने लैजाने यातायातको सुविधा प्रदान गरिएको थियो ।
शिविर आजसम्म चल्ने र बाँकी रहेका महिलाको बध्याकरण गरिने आयोजकले जनाएको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया