सरकारी कार्यालय अपाङ्गमैत्री नभएको गुनासो
इनेप्लिज
२०७१ माघ २४ गते ४:५० मा प्रकाशित
भीमदत्तनगर, २४ माघ । डडेल्धुराका सरकारी कार्यालय अपाङ्गमैत्री नभएको गुनासो अपाङ्गता भएका व्यक्तिले गरेका छन् ।
डडेल्धुरामा रहेका हरेक सरकारी कार्यालय अपाङ्गमैत्री हुन नसकेकामा उनीहरुले दुःखसमेत व्यक्त गरेका छन् ।
सरकारी कार्यालयबाट हुने अधिकांश सेवा माथिल्लो तलामा हुने गरेको र आफूहरुलाई त्यहाँ जान गाह्रो हुने गरेको उनीहरुको भनाइ छ ।
कार्यालय अपाङ्गमैत्री नहुँदा निकै समस्या हुने गरेको मदन दमाईंले गुनासो गर्नुभयो । “कार्यालयको कामभन्दा पनि आवतजावतमै समस्या हुन्छ ।” उहाँले भन्नुभयो– “अपाङ्गमैत्री वातावरण बनाइयोस् ।”
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया