नबराज श्रेष्ठ द्वारा एनआरएन अमेरिकाको संचालक समिति सदस्यमा उम्मेदवारी
कोलोराडो निवासी नवराज श्रेष्ठले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न निर्वाचनको लागि संचालक समितिको सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् l
झन्डै डेढ दशक देखि अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी तथा ब्यबसायी श्रेष्ठले एनआरएन अमेरिका बृहत्तर र सबै क्षेत्रलाई समेट्ने प्रतिनिधिमुलक संस्था होस भन्ने चाहना राख्दै उम्मेदवारी आफुले दिने निर्णय गरेको बताए l
यो पदको लागि सबै संग परामर्श लिएर प्रत्यासी बनेको हु । र आफु बिभिन्न संघ संस्थामा स्वयम् सेवक रुपमा काम गरि सकेको आफु संग अनुभव भएकोले संचालक समितिको सदस्यमा काम गर्न योग्य भएकोले यो पदमा उम्मेदवारी दिने छु l
श्रेष्ठ रंग मंचमा काम गरि सकेका एक कलाकार पनि हुन् भने नेपाली चलचित्रमा पनि अभिनय गरि सकेका छन् l
सामाजिक सेवामा संलग्न भै काम गरि सकेको हुनाले आफुलाइ स्थानीय तथा सबै वर्ग तथा क्षेत्रबाट सहयोग मिल्ने छ भन्ने आशाले उम्मेदवारी दिएको हु l
सामुहिक काममा आफुलाई ज्यादा विस्वास लाग्ने भएकोले होस्टेमा हैसै गर्न तत्पर छु l एकलले भन्दा सामुहिक रुपमा संस्था चल्ने हुनाले आफु समुह संग काँधमा काँध मिलाएर काम गर्ने चाहेको बताए l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया