जन्ती बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा १९ जना घाइते
कञ्चनपुर, २३ माघ । कैलालीको वनवेहडाबाट जन्ती बोकेर कञ्चनपुरको दैजी जडेपानीका लागि हिडेको से १ त ३७३९ नम्बरको ट्र्याक्टर आज साँझ पूर्वपश्चिम राजमार्गको चम्फापुर नजिक दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये चारजनाको अबस्था गम्भीर रहेको छ । घाइतेमध्ये १० जनाको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा र पाँच जनाको कैलालीको अत्तरीयामा रहेको सेवा नर्सिङ होममा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका दैजी गाविस–१ का ११ वर्षिय सुमित राना, सोही गाविस–६ का सात वर्षिय विशाल राना, ८५ वर्षिया गोमादेवी राना र ८५ वर्षिया भंगुदेवी रानाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारततर्फ लगिएकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ट्र्याक्टरका चालक डिल्लीराज चौधरी ईलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन् । चालकले ट्रयाक्टर दु्रतगतिमा हाँकेका कारण सन्तुलन कायम गर्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया