कैलालीको एक घरमा आगलागी हुँदा रु पचास हजारको क्षति
इनेप्लिज
२०७१ माघ २३ गते १६:१९ मा प्रकाशित
कैलाली (लम्की), २३ माघ । गएराति विद्युत्को चुहावट भई घरमा आगलागी हुँदा कैलालीको दोदोधरा–७ कट्टिपुरको एक घरमा करिब रु ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय गोविन्दप्रसाद तिवारीको दुईतले पक्की घरको माथिल्लो तलाको एक कोठामा बिजुली चुहावट भई आगलागी भएको हो । आगलागीबाट कोठाको सम्पूर्ण लत्ताकपडा र सरसामानलगायत अन्य सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि स्थानीयवासीले चाँडै आगो नियन्त्रणमा लिँदा आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी बौनियाले जानकारी दिएको छ ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया