कारबाहीको दायरामा ल्याइने: शिक्षा मन्त्री यादव
बनेपा, २३ माघ । शिक्षामन्त्री चित्रलेखा यादवले धार्मिक विद्यालयहरुले संस्था स्थापनाको उद्देश्यअनुरुप काम नगरे त्यस्ता संस्थालाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
धार्मिक कामको सिलसिलामा आज धुलिखेल आइपुग्नुभएकी यादवले जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको पत्रकार भेटघाटमा संस्थाको उद्देश्यअनुरुप काम पूरा हुँदैन भने उचित कारबाही अघि बढाइने छ भन्नुभयो ।
विद्यालयमा शिक्षकहरुको दरबन्दी मिलान गर्न राष्ट्रिय अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले कतिपय जिल्लाका विद्यालयमा विद्यार्थीको अनुपातमा न्यून दरबन्दी भएको बताउनुभयो ।
उहाँले छुट्टिएर रहेका विद्यालयहरुलाई एकीकृत गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उल्लेख गर्दै स्रोतहरु समेत एकीकृत गर्दा गुणस्तरीय शिक्षा दिन सहज हुन्छ भन्नुभयो ।
काभ्रेपलाञ्चोकका जिल्ला शिक्षा अधिकारी डा दीपेन्द्र गुरुङले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न आपूm प्रतिबद्ध भएको उल्लेख गर्दै विद्यालयमा विधिको शासन स्थापना गरिने बताउनुभयो ।
मन्त्री यादवले त्यसअघि धुलिखेलमा रहेको सञ्जीवनी उच्च मावि र जनता माविको समेत निरीक्षण गर्नुभएको थियो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया