बार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण
शिशिर सिंखडा
जुटपानी,२२ माघ
सिद्धि विनायक आवासीय मावि जुटपानी–६ खोलेसिमलको २० औं वार्षिकोत्सवको अवसरमा आज निशुल्क स्वास्थ्य शिविर एवम् खेलकुद कार्यक्रम भएको छ । विद्यालयका अभिभावकहरुलाई नारायणी सामुदायिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण समेत गरिएको थियो ।
शिविरमा १९० जनाको मधुमेह,उच्च रक्तचाप,हाडजोर्नी,नसा लगायतका रोगको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेले जानकारी दिए ।
शिविरमा बरिष्ठ फिजिसिएन डा.राजु बस्नेत,डा.महेन्द्र अग्रहरी र डा.विजय गुप्ताले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । त्यसैगरी वार्षिकोत्सवको अवसरमा अभिभावकहरु बीच घैटो फुटाई,म्युजिकल चियर लगायतका खेलकुदहरु गरिएको थियो भने सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवम् अभिभावकलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने, विद्यालयका निर्देशक लिला बहादुर गुरुङ,सहायक प्राचार्य सागर थापामगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया