मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

इनेप्लिज २०७१ माघ २२ गते १६:५१ मा प्रकाशित

इलाम, २२ माघ । मोटरसाइकल दुर्घटनामा परी आज दिउँसो इलाम एकतप्पाका जनकल्याण मावि दोकानडाँडामा कार्यरत एकतप्पा–९ का ४९ वर्षीय पदम कार्कीको ज्यान गएको छ ।

देउमाई नगरपालिकास्थित मङ्गलबारेमा हुने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन विद्यार्थी लिएर त्यसतर्फ जाँदै गरेका शिक्षक कार्की मे ६ प ६३१५ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्नुभएको हो ।

उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ । मोटरसाइकलमा सवार अर्का शिक्षक दुर्गाबहादुर लिम्वु सामान्य घाइते हुनुभएको छ ।

प्रतिक्रिया