काठमाडौँ, २२ माघ । पर्यटन यातायात व्यवसायीहरूले सवारी साधन खरीद गर्दा मूल्यअभिवृद्धि कर (भ्याट)छुटको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्ले आन्तरिक राजस्व विभागका वरिष्ठ अधिकारीहरूसँग आज राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरूले त्यस्तो आग्रह गरेको हो ।
पर्यटक यातायात व्यवसायभन्दा पनि सेवाभावबाट सञ्चालित भएकाले भ्याट छुटको आग्रह गर्दै सङ्घले पछिल्लो समयमा भारतीय पर्यटकहरु हवाई मार्गहु“दै नेपाल आउने तर भारतीय नम्बर प्लेटका खाली गाडी भारतदेखि काठमाडौंको एयरपोर्ट पुगेर महिनौं आफ्ना पर्यटकहरु नेपालमा घुमाउने गरेकाले आफूहरू मारमा परेको गुनासो पनि गरेको छ ।
विभागका महानिर्देशक चुडामणि शर्माले गत पुस मसान्तसम्म व्यवसायीका लागि विशेष व्यवस्था गरेको र करको दायरामा नआउने र अटेर गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर पुनरावलोकनका लागि उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग गठन गरेको जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष रामशरण कार्कीले पर्यटक यातायात सेवा प्रदान गरिआएका व्यवसायीहरुमध्ये करको दायराभन्दा बाहिर रहेका व्यवसायी सङ्घको प्रयासमा क्रमशः करको दायरामा आउन थालेका बताउनुभयो ।
प्रतिक्रिया