अमेरिकाको टेक्सास राज्यको विभिन्न सहरहरुमा श्री स्वस्थानी पुजा सम्पन्न
इनेप्लिज
२०७१ माघ २२ गते ०:३० मा प्रकाशित

टेक्सास,०३ फेब्रुअरी, मंगलबार । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा(एकमहिना) सम्म चलेको श्री स्वस्थानी व्रतकथाको आज मंगलबार अन्तिम दिन ड्यालस क्षेत्रमा रहेको श्री हरिहर शक्ति मन्दिरमा (शक्ति केन्द्र ड्यालस) मा बेलुका 5 बजे झन्डै १०० जनाको उपस्थितिमा स्वस्थानी साङ्गे (उद्यापन) पूजा गरिएको पण्डित तुलसी राम कंडेलले जानकारी गराउनु भएको छ।


विशेषगरी काठमाडौँको पूर्व–उत्तरी भेग साँखु, शाली नदी, गोकर्ण, पाशुपति आसपास क्षेत्र तथा शिव, पार्वती, गोमा, नवराज, दक्ष प्रजापतिलाई स्वस्थानीको कथा बनाई प्रस्तुत गरिएको कथा मानव समुदायका लागि प्रेरणादायी र शिक्षाप्रद छ । हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि पवित्र भई व्रत बस्ने, एक महिनासम्म मध्याह्नमा कथा श्रवण गरी आज १०८ नैवेध, प्रसाद, फूल अक्षता, बेलपत्र, जौ, तील तथा पान, सुपारी सङ्ग्रह गरी साङ्गे गर्ने चलन छ । यसो गर्दा पूण्य भई परिवारमा सुख, शान्ति तथा समृद्धि र पारिवारिक मेलमिलाप कायम हुने विश्वास गरिएको छ ।

अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा निर्मित स्थानीय नेपाली मन्दिर, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवनमा पौषशुक्ल पुर्णिमा (जनवरी ४, २०१५ ) बाट शुरुभै माघशुक्ल पुर्णिमा ( फेब्रुअरी ३ २०१५) दिन समापन हुनुपर्ने श्री स्वस्थानी परमेस्वरी ब्रतकथा हाम्रो धर्म संस्कृति तथा चलनचल्तीको उल्लङ्घन नहुने देश काल र परिस्थितिलाई मध्यनजर गर्दै आँउदो शनिवार, फेब्रुअरी ७, २०१५ का दिन दिउँसो ४ बजेबाट सुरु भई राति १० बजे समापन हुने श्री स्वस्थानी परमेश्वरी व्रत पुजा (साङ्गे) गर्न लागिएको जानकारी पूजा समितीका संयोजक रमेश पोख्रेलले जानकारी गराउनु भयो ।

नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया