समसामयिक विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल
इनेप्लिज
२०७१ माघ २१ गते १६:४१ मा प्रकाशित
काठमाडौँ, २१ माघ । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच केहीबेरअघि राष्ट्रपति निवासमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
उहाँहरूबीच संविधानसभाको प्रश्नावली तयार गर्ने प्रस्ताव समितिले हालसम्म गरेका काम तथा भावी योजनाका साथै देशको वर्तमान अवस्थाबारे विचारविमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई बताउनुभयो ।
संविधानसभामा केही समयदेखि उत्पन्न गतिरोध र त्यसपछि गठन भएको प्रश्नावली निर्माण समितिले काम थालेको सन्दर्भमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले अवगत गराउनुभएको बताइएको छ ।
अनिश्चितकालका लागि स्थगन भएको संविधानसभाको बैठक भोलि अपराह्न डाकिएकाले संविधान निर्माणका क्रममा प्रश्नावली समितिमा भएका प्रगतिबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया