सडक बालबालिका व्यवस्थापनसम्बन्धी कार्यविधि आउँदै
काठमाडौँ, २१ माघ । सरकारले सडक बालबालिका व्यवस्थापनसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले सडक बालबालिका व्यवस्थापनसम्बन्धी कार्यविधि ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।
‘भ्वाइस अफ चिल्ड्रेन’ ले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले सो जानकारी दिनुभएको हो ।
सो असरमा वक्ताहरूले राजधानी काठमाडौँलाई मात्र नभई देशलाई नै सडक बालबालिका मुक्त बनाउन जतिसक्दो चाँडो कार्यविधि ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले समाजको संस्कार, पालनपोषण र दायित्वको सिद्धान्तबीच मेल नहुँदा बालबालिका सडकमा जान बाध्य भएको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जति नै सडकका बालबालिकलाई सडकबाट उद्धार गरी पुनःस्थापना गरिन्छ त्यतिकै सङ्ख्यामा वृद्धि हुँदै जानु चुनौतीको विषय भएको बताउनुभयो ।
एसिया प्रशान्त क्षेत्रअन्तर्गत ‘संरक्षण’ विधामा एक लाख २० हजार अमेरिकन डलरसहितको उत्कृट पुरस्कार प्रदान गर्न भ्वाइस अफ चिल्ड्रेनले स्थापना कालदेखि हालसम्म करिब एक हजार ३४३ जना पूर्व सडक बालबालिकालाई सेवा प्रदान गरेको छ । जसमा ५७८ जना बालबालिकालाई उनीहरुको परिवार तथा समुदायमा पुनःस्थापित गरिसकेको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया