आन्दोलनबाट मात्रै संविधानसभा बचाउन सकिन्छ: अध्यक्ष दाहाल
काठमाडौँ, २१ माघ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले घोषित आन्दोलनलाई निर्णायक बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
भृकुटीमण्डपमा आज आयोजित एमाओवादी मध्य कमाण्डस्तरीय विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले आउँदो फागुन १६ गते गरिने विरोधसभालाई सफल पार्न आ–आफ्नो जिम्मेवारीका साथ लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सत्तारुढ दलले संविधानसभाबाट आफूहरुलाई पाखा लगाउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले आन्दोलनको बलबाटै त्यसलाई फर्काउने दाबी गर्नुभयो ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी आन्दोलनको कार्यदिशामा अघि बढिसकेकाले सबै शक्ति एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ नेता डा बाबुराम भट्टराईले जनताको आन्दोलनबाट मात्रै संविधानसभालाई बचाउन सकिने बताउनुभयो ।
प्रशिक्षणमा एमाओवादीको नेवाः र ताम्सालिङका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया