शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १५:१८
वासिङटन डिसी 05:33

ग्लोबल आइएमई बैंकबाट १८ लाख बढी रकम लुटियो

इनेप्लिज २०७१ माघ २१ गते १०:०६ मा प्रकाशित

global-ime-bankकाठमाडौँ, २१ माघ । मध्यबानेश्वस्थित ग्लोबल आइएमई बैंक शाखाबाट आज १८ लाख ८४ हजार ६३५ रुपैँया लुटिएको छ ।

कलङ्की निवासी सरस्वती आचार्यले बिहान ११ बजे बैंकबाट पैसा निकालेर पार्किङमा रहेको स्कुटरतर्फ जानेक्रममा झोलामा रहेको पैसा लुटिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ ।

रकम लुटेर फरार भएका अभियुक्तहरुको खोजी भइरहेको र हालसम्म दुई शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया