दुई राजदूतको नाम अनुमोदन
काठमाडौँ, २१ माघ । व्यवस्थापिका–संसदको संसदीय विशेष समितिले संयुक्त राज्य अमेरिका र गणतन्त्र भारतका लागि प्रस्तावित दुई राजदूतहरुको नाम अनुमोदन गरेको छ ।
समितिको आज बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित डा अर्जुनकुमार कार्की र भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायको नाम सुनुवाइपछि अनुमोदन गरेको हो ।
लामो समयदेखि ती दुई मुलुकमा रिक्त राजदूतमा सरकारले माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कार्की र उपाध्ययालाई प्रस्ताव गरेको थियो ।
समितिको आजको बैठकमा सांसदहरुले दुवैलाई राष्ट्रको स्वाभिमान, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई ध्यानमा राखी कूटनीतिक मर्यादामा रही भूमिका निर्वाह गर्न सुझाव दिनुभएको थियो ।
प्रस्तावित दुवै राजदूतमध्ये कार्कीका सम्बन्धमा संसदीय समितिमा तीन उजुरी परेका थिए भने उपाध्यायको सम्बन्धमा कुनै उजरी परेको थिएन ।
सुनवाइका क्रममा दुवैले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म मुलुकको हितमा काम गर्ने बाचा गर्दै कूटनीतिक मर्यादामा रहेर काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गर्नुभएको थियो ।
उहाँहरुले सम्बन्धित मुलुकसँगको सद्भाव बनाउने सम्बन्धमा समिति, सरकार र राजनीतिक दलहरुको सहयोगको अपेक्षा पनि गर्नुभएको थियो ।
लामो समयदेखि रिक्त यी दुई मुलुकमा राजदूतको नियुक्तिले ती मुलुकहरुको कूटनीतिक सम्बन्धमा सहजता हुने अपेक्षा गरिएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया