नुवाकोट, २१ माघ । अन्तरजातीय विवाह गरेको भन्दै कल्याणपुर गाविस–४ का एक दम्पतीलाई माइती पक्षले कुटपिट गरेका छन् ।
चारघरे गाविस–८ की रजनी थापामगरलाई सोही वडाका लालबहादुर विश्वकर्मासँग विवाह गरेको भन्दै माइती पक्षले दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् ।
माइत गएकी रजनीलाई आमा, दाजु र काकालगायतका माइती पक्षका गाउँलेले कुटपिट गरी ज्यान लिने प्रयास गरेका छन् ।
अन्तरजातीय विवाह गर्नुभएकी रजनीलाई उहाँकै घर कल्याणपुर पुगेर माइती पक्षले आक्रमण गर्दा शरीरको विभिन्न स्थानमा चोटपटक लागेको छ । अहिले उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।
अन्तरजातीय विवाह गरेको भन्दै कल्यापुर–४ मा रहेका अन्य गाउँलेहरूले पनि गाउँबाट निकाल्ने धम्की दिएको पीडित लालबहादुर विश्वकर्माले बताउनुभएको छ ।
यही माघ १७ गते शनिबार वैवाहिक सम्बन्धमा गाँसिनुभएकी रजनी र लालबहादुरमाथि आक्रमणको प्रयास गर्ने माइती पक्ष र गाउँमा समेत बस्न नदिने भनी दुव्र्यवहार गर्ने गाउँका कथित उपल्लो जातका कसैलाई पनि पक्राउ नगरिएको पीडित पक्षले जनाएको छ ।
प्रतिक्रिया