भारतबाट पाँच अर्बको चामल आयात

इनेप्लिज २०७१ माघ २१ गते १:५२ मा प्रकाशित

chamalलुम्बिनी (रुपन्देही), २१ माघ । गएको छ महिनामा स्थल नाका बेलहिया (भैरहवा) हुँदै करिब रु पाँच अर्ब मूल्य बराबरको चामल भारतबाट आयात भएको छ ।

भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब ७१ करोड ४३ लाख एक हजार बराबरको नौ करोड ७० लाख ९८ हजार ६९ केजी चामल आयात गरिएको हो ।

आयातको परिमाण गत वर्षको सोही अवधिको तुलनामा ७०.४४ प्रतिशतले बढी हो भने रकममा ६२.६४ प्रतिशतले बढी हो । “गत वर्षको यही अवधिमा रु दुई अर्ब ९४ करोड ८५ लाख एक हजार बराबरको छ करोड ८३ लाख ९६ हजार ५८० केजी चामल आयात भएको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो अधिक हो”–भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत दीपक अधिकारीले भन्नुभयो ।

आव २०७०/७१मा सो नाका हुँदै रु सात अर्ब ६० करोड २९ लाख ५६ हजार मूल्य बराबरको १८ करोड ४८ लाख ११ हजार ६८५ केजी चामल आयात भएको थियो ।

प्रतिक्रिया