अमेरिकामा अष्ट-ज सम्बन्धि कार्यक्रम !
टेक्सास, जनवरी ३१। Institute of Rubber & Jatropha Research-Nepal तथा Asta-Ja Research & Development Center Nepal को आयोजनामा टेक्सासको ड्यालसमा यिनै संस्थाहरु कार्यरत क्षेत्र नेपालमा रबर उद्योगको सम्बर्धन तथा अष्ट ज (८ वटा ज ) को सम्बर्धन गरी नेपालको बाताबरणमा पर्न गएको नकारात्मक असर हटाउने कार्यमा सक्रिय योगदान पुर्याउने यी गैर सरकारी सस्थाको आर्थिक संकलनको निमित्त डिनर कार्यक्रमको आयोजना गरियो। “अष्ट-ज” भन्नाले जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी, र जलबायु पर्दछन्।
कार्यक्रममा Institute of Rubber & Jatropha Research का तर्फबाट तिलक भण्डारी तथा अष्ट-ज का तर्फबाट प्रा डा दुर्गा भण्डारीले प्रेजेन्टेसन गर्नु भएको थियो। बासु शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा भीम कार्की CPA ले स्वागत मन्तब्य दिनु भएको थियो।
$५० एकल तथा $१००.०० कपल प्रवेश शुल्क राखिएको उक्त कार्यक्रममा एउटा नृत्य पनि प्रस्तुत गरिएको थियो ! झन्डै ५० -६० जना उपस्थित कार्यक्रम साँझ ८ बजे शुरु भई १० बजे सकिएको उक्त कार्यक्रममा टेक्ससको ड्यालस-फोर्टवर्थ क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरूको उपस्थिति रहेको थियो।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया