हनुमान चालिसा भजनको भिडियोको बिमोचन सम्पन्न टेक्सासको ड्यालसमा
टेक्सास, फेब्रुअरी १। कबितान्गम डटकमको संस्थापक साहित्यकार तुंगनाथ उपाध्यायको सक्रियतामा सोहि संस्थाको आयोजनामा हिजो आईतबार नेपाली संस्कृतिक एवंम् आध्यात्मिक केन्द्र (NCSC) भवनमा हिजो एक गीत बिमोचन कार्यक्रमको आयोजना गरियो।
नेपाली समाज टेक्सासका महासचिब विजयराज भट्टराईले संचालन गर्नु भएको उक्त कार्यक्रममा साहित्यकार सत्यप्रकाशले प्रमुख आतिथ्य गर्नु भएको थियो। कार्यक्रममा साहित्यकार तुंगनाथ उपाध्यायको हनुमान चालिसा भजनको भिडियोको बिमोचन गुरु डा शेखर पण्डितले गर्नु भयो।
झन्डै ७० -८० जनाको उपस्थित रहेको उक्त कार्यक्रममा अन्तरा, गुन्जन तथा तुंगनाथ उपाध्यायले ट्रयाकमा विभिन्न भजनहरु प्रस्तुत गर्नु भएको थियो। नेपाली समाजका अध्यक्षको सभापतित्वमा भएको उक्त कार्यक्रममा टेक्सासको ड्यालस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरको उपस्थिति रहेको थियो।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछ – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया