सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने मेसिन ल्याइयो
इनेप्लिज
२०७१ माघ २० गते ११:२९ मा प्रकाशित
काँकडभिट्टा (झापा), २० माघ । झापाको बुधबारेमा सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने प्रविधियुक्त मेसिन ल्याइएको छ ।
सुपारीखेती विकास संस्थाले भारतको तमिलनाडुबाट रु १२ लाखमा खरिद गरी ‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइएको संस्थाका महासचिव नीलकण्ठ तिवारीले बताउनुभयो ।
महासचिव तिवारीका अनुसार यसबाट छ प्रकारका ‘डिनर प्लेट’ निर्माण गर्न सकिन्छ । मेसिनले प्रतिघन्टा १५० केजी सुपारीको पट्याँस वा पातलाई प्रशोधन गर्ने महासचिव तिवारीले बताउनुभयो ।
उहाँले यस प्रविधिबाट उत्पादन भएको सुपारीको पट्याँसको प्लेट प्लास्टिकका प्लेटभन्दा सस्तो हुने र वातावरणमैत्री पनि हुने बताउनुभयो । मेसिन पूर्वाञ्चल सुपारी उद्योग बुधबारेमा स्थापना गरी एक महिनाभित्र प्रशोधन तथा उत्पादन कार्य थालिने भएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया