भारतको वनबासाबाट दुई युवतीको उद्धार
धनगढी, २० माघ । मानव बेचविखनविरुद्ध कार्यरत शान्ति पुनःस्थापना गृह कैलालीले भारतको बनवासाबाट दुई युवतीको सोमबार उद्धार गरेको छ ।
बागलुङ सजपुत गाविस घर भएकी १८ वर्षीया विमला (नाम परिवर्तन) लाई भारत रामनगर घर भएका अफिसर अलिले नोकरी लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजाँदै गर्दा भारतीय प्रहरी र स्थानीय रिड्स नामक संस्थाको सहयोगमा उद्धार गरिएको पुनःस्थापना गृहका कार्यक्रम संयोजक वासुदेब भट्टराईले बताउनुभयो ।
नेपालमा बसेर कुखुराको व्यापार गर्दै आएका अलिले ती युवतीलाई भारतमा राम्रो नोकरी लगाइदिने प्रलोभनमा बेच्न लैजाँदै गरेको पाइएको भट्टराईले बताउनुभयो ।
महेन्द्रनगरको बाटो हुँदै वनबासा पुग्नलाग्दा सीमा क्षेत्रमा भारतीय प्रहरीले सोधपुछ गर्ने क्रममा अलि भने फरार भएको जनाइएको छ ।
यसैगरी, कञ्चनपुर जिल्ला झलारी गाविसकी २३ वर्षीया सीता ९नाम परिवर्तन० लाई पनि वनबासाबाटै उद्धार गरिएको छ । उनलाई भने जोखिमपूर्ण अवस्थामा भारत जाँदै गरेको अवस्थामा उद्धार गरिएको हो ।
पछिल्लो छ महिनायता शान्ति पुनःस्थापना गृहले सीमा नाका तथा भारतका विभिन्न सहरबाटसमेत गरी १७ महिला तथा युवतीको उद्धार गरेको छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया