बुधबार, मंसिर १० २०७७
काठमाडौं १६:३०
वासिङटन डिसी 05:45

अवैध काठ र साइकल बरामद

इनेप्लिज २०७१ माघ २० गते ८:२३ मा प्रकाशित

गोलबजार (सिरहा), २० माघ । प्रहरीले सिरहाको गोलबजार नपा–९ स्थित जङ्गलबाट अवैध काठ र साइकल आज बिहान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारले अन्दाजी रु ८० हजार बराबरको सालको फेन्टा र ६ थान साइकल बरामद गरेको हो । गोलबजार–९ मा पर्ने घुर्मिघाट जङ्गलबाट साइकलमा लुकाई छुपाई ल्याउँदै गरेको विशेष सुराकीका आधारमा त्यहाँ पुग्दा व्यापारी फरार भएको र छाडेको उक्त काठ अन्दाजी १४ क्युविक फिट साइकलसहित बरामद गरेको गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया