माघ १९ ,डिसी
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा स्व बिष्णुहरि भण्डारीलाई श्रद्धान्जली अर्पण गर्दै शोक सभाको आयोजना डिसी महानगर क्षेत्रको भर्जिनियाको वुडब्रिजमा सम्पन्न गरियो l
स्वर्गिय भण्डारी कि श्रीमती नारायणी भण्डारी आफ्ना दुई छोरीहरु सौर्या ,५ बर्ष तथा श्रीया ५ महिनाको साथ शोक सभामा उपस्थित भै आफ्नो श्रीमान स्व बिष्णुहरि भण्डारीलाई पुष्प गुच्छा द्वारा श्रद्धान्जली अर्पण गर्नु भयो l वहाले यस्तो कसैलाई न परोस भन्दै आफ्ना दुई छोरीहरुलाई राम्रो शिक्षा दिक्षा दिने र समुदायले गरेको अतुलनीय सहयोग प्रति धन्यबाद दिनु भयो l
स्वर्गिय भण्डारी कि श्रीमती ,शोक सन्तप्त परिवार तथा आफन्तजन प्रती समुदायका विभिन्न व्यक्तिहरुले स्व भण्डारीको बारेमा चर्चा ,उनको सोच ,उनले गरेका गतिबिधि तथा अन्य बिषयमा चर्चा गरेका थिए l
स्व विष्णुहरि भण्डारीका केवल एक बर्ष अगाडी देखिका मित्र साहित्यकार नारायण अधिकारीले उनलाई समर्पित गर्दै एउटा कविता वाचन पनि गरेका थिए l उनका नजिकका नातेदार शंकर पाण्डेले आफुलाई नपर्दा केहि थाहा नहुने परे पछि यस्तो हुने रहेछ बताए l
अनेसासका संस्थापक तथा उपन्यासकार होमनाथ सुबेदीले मर्दा पर्दा नेपाली एक जुट हुने रहेछन भन्ने प्रमाण यसले देखाएको बताए l
स्व बिष्णुहरि भण्डारी नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाका कार्य समितिका सदस्य पनि थिए l उक्त शोक सभामा डिसी महानगर क्षेत्रका नेपाली संघ संस्थाका पदाधिकारी ,विद्यार्थी, सन्चारकर्मी, समाजसेवी, कलाकार, साहित्यकार लगायत शुभ चिन्तकहरुको बाक्लो उपस्थितिको रहेको थियो l
घटना फरक भएकोले कार्यक्रम पनि फरक ढाचामा गरिने जानकारी सभापति राम शरण हुमागाईले दिदै एक मिनेट मौनधारण गरिएको थियो l कार्यक्रमको सुरुवात समाज सेवी दधिराम ढुंगानाले गरेका थिए l
प्रतिक्रिया