एम्बुलेन्स र ट्रक ठोकिँदा मृत्यु
इनेप्लिज
२०७१ माघ १९ गते १६:२९ मा प्रकाशित
रत्ननगर (चितवन), १९ माघ । रत्ननगरमा आज साँझ ट्रक र एम्बुलेन्स एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु तथा दुई जना गम्भीर घाइते भएका छन् ।
मृतक तथा घाइतेको पहिचान हुन सकेको छैन । गम्भीर घाइते दुईको भरतपुर अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।
ना२च ५४५४ नंको रत्ननगर पोलिटेक्निकको एम्बुलेन्स र भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ३१९९ नंको ट्रक ठोकिएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।
एम्बुलेन्स चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
न्यूयोर्क राज्यका सिनेट बहुमतका नेताद्वारा गभर्नर एन्ड्र्यू कुमोलाई राजीनामा गर्न आग्रह
केन्टकीमा शंकास्पद विषाक्त पदार्थको कारण ३ जनाको मृत्यु,२ प्रहरी सहित कैयौ बिरामी
बाइडेनद्वारा मतदान अधिकार सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर
एनआरएनलाई नेपाल र नेपाली प्रति जिम्मेवारी बनाउन पहल गर्दछु – प्रेमकाजी श्रेष्ठ
क्यालिफोर्नियाका सेफ ध्रुव थापा टप टेन सेफमा चुनिए
प्रतिक्रिया